‘वरिष्ठ बलराम’ मा प्राकृतिक दोहनको कथा हेर्न लायक

हिमाल प्रेस ७ कार्तिक २०८२ १३:३५ | Friday, October 24, 2025
2
SHARE
‘वरिष्ठ बलराम’ मा प्राकृतिक दोहनको कथा हेर्न लायक

काठमाडौँ- तिहारको भाइटीकाको दिन प्रदर्शन भएको फिल्म ‘वरिष्ठ बलराम’ हेरेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।

फिल्मले प्राकृतिक दोहनको कथालाई मनोरञ्जन शैलीमा प्रस्तुत गरेको उनीहरूले बताए। साथै सामाजिक सन्देश पनि रहेको उनीहरूको बुझाइ छ।

दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको फिल्ममा उनीहरूको घम्साघम्सी छ। फिल्मले प्राकृतिक स्रोतको दोहनको कथा उठान गरेको छ। जसलाई दर्शकले रूचाएका छन्। फिल्मलाई माटोको कथा भन्दै टिप्पणी भइरहेको छ।

‘वरिष्ठ बलराम’ सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य गरेका छन्।

फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका छन्। फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्।

प्रकाशित: ७ कार्तिक २०८२ १३:३५ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast