भारतविरुद्धको खेलमा फर्किए अस्ट्रेलियाका स्टार अलराउन्डर म्याक्सवेल

हिमाल प्रेस ७ कार्तिक २०८२ १०:४८ | Friday, October 24, 2025
भारतविरुद्धको खेलमा फर्किए अस्ट्रेलियाका स्टार अलराउन्डर म्याक्सवेल

काठमाडौँ- अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेल भारतविरुद्धको आगामी टी-२० आई सिरिजमा फर्किएका छन्। तीन साताअघि दायाँ हातको नाडी भाँचिएपछि शल्यक्रिया गरेका थिए। चोटबाट पूर्ण रूपमा निको भइसकेपछि उनी भारतसँगको पाँच खेलको सिरिजमा अन्तिम तीन खेल खेल्ने तयारीमा छन्।

उक्त चोट उनलाई न्यूजिल्यान्डविरुद्धको टी-२० सिरिजअघि नेट अभ्यासका क्रममा मिचेल ओवेनको शटले हिर्काउँदा लागेको थियो। चोटपछि म्याक्सवेल तुरुन्त घर फर्किएर शल्यक्रिया गरेका थिए। यही कारणले अस्ट्रेलियाले पहिलो दुई खेल ९अक्टोबर २९ र ३१० का लागि उनलाई टोलीमा समावेश गरेको थिएन।

चार हप्ताभित्र मैदानमा फर्किने विश्वास राखेका म्याक्सवेलले नोभेम्बर २ (होबार्ट), नोभेम्बर ६ (गोल्ड कोस्ट) र नोभेम्बर ८ (ब्रिसबेन) मा हुने अन्तिम तीन खेल खेल्ने छन्।

प्रकाशित: ७ कार्तिक २०८२ १०:४८ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast