दाङमा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ, १ लाख ३२ हजार बरामद

हिमाल प्रेस ७ कार्तिक २०८२ ९:४१ | Friday, October 24, 2025
दाङमा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ, १ लाख ३२ हजार बरामद प्रतिनिधिमूलक तस्बिर।

दाङ- घोराहीमा जुवा खेलिरहेको अवस्थामा नेपाल प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका-७ सौडियारस्थित दिनेश चौधरीको घरमा बिहीबार जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन्।

चौधरीको घरमा पैसाको हारजित हुने गरी जुवा खेल भइरहेको गोप्य सूचना प्राप्त भएपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिहरूको साथबाट १ लाख ३२ हजार ५ सय ८० रुपयाँ नगद बरामद भएको छ।

पक्राउ पर्नेमा घोराही-७ शुक्रवारका ३१ वर्षीय नेक बहादुर चौधरी, ३६ वर्षीय कमल चौधरी, ३० वर्षीय एकराज चौधरी, ३० वर्षीय विनोद चौधरी, २६ वर्षीय सिताराम चौधरी र ३० वर्षीय अमिस चौधरी छन्।

साथै, घोराही-७ डबरगाउँका ३१ वर्षीय शंकर चौधरी, ३९ वर्षीय कालुराम चौधरी, घोराही-७ राजपुरका २२ वर्षीय उज्वल चौधरी, घोराही-१५ का २१ वर्षीय सुनिल विष्ट, ३८ वर्षीय बसन्त डिसी र २२ वर्षीय टुकमान विष्ट पनि पक्राउ परेका छन्।

प्रकाशित: ७ कार्तिक २०८२ ९:४१ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast