एमएड र एमएसएसइडी प्रथम सेमेस्टरको नतिजा प्रकाशित

हिमाल प्रेस ६ कार्तिक २०८२ १०:३१ | Thursday, October 23, 2025
एमएड र एमएसएसइडी प्रथम सेमेस्टरको नतिजा प्रकाशित घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायअन्तर्गत परीक्षा नियन्त्रण महाशाखा, बल्खुले एमएड र एमएसएसइडी प्रथम सेमेस्टरको नियमित तथा आंशिक/मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

महाशाखाका अनुसार २०८२ साल असार महिनामा सञ्चालन गरिएको सेमेस्टर प्रणालीमा आधारित परीक्षाको नतिजा परीक्षा सञ्चालक समितिको बैठकको निर्णयअनुसार प्रकाशन गरिएको हो।

परीक्षा नियन्त्रण महाशाखाले सम्बन्धित विद्यार्थी, क्याम्पस र संकायहरूलाई नतिजा हेर्न तथा आवश्यक जानकारीका लागि आधिकारिक माध्यम प्रयोग गर्न अनुरोध गरेको छ।

त्रिभुवन विश्वविद्यालयले पछिल्ला वर्षहरूमा सेमेस्टर प्रणालीलाई सुदृढ बनाउँदै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन प्रक्रियालाई समयानुकूल र पारदर्शी बनाउन निरन्तर प्रयास गरिरहेको पनि जनाइएको छ।

प्रकाशित: ६ कार्तिक २०८२ १०:३१ | Thursday, October 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast