इटहरीमा मदिरा सेवन गरी झडप, चारजना घाइते

हिमाल प्रेस ६ कार्तिक २०८२ ९:५९
12
SHARES
इटहरीमा मदिरा सेवन गरी झडप, चारजना घाइते

इटहरी– इटहरी उपमहानगरपालिका–१३ खनारमा मादक पदार्थ सेवन गरी झडप भएको छ।

झडपका कारण चारजना घाइते भएका छन् । बुधवार साँझ करिब ५ः३० बजेतिर घरमै मदिरा सेवन गरी बसेका छिमेकीहरूबीच भनाभन हुँदै आपसमा कुटपिट भएको प्रहरीले जनाएको छ । घटनामा चारजना घाइते भई उपचारका लागि विराट मेडिकल कलेजमा पठाइएको छ ।

घाइते हुनेहरूमा ६५ वर्षीय पवन सरदार, ५५ वर्षीया सानीदेवी सरदार, २३ वर्षीय नितेश सरदार र २८ वर्षीय रितेश सरदार रहेका छन् । उनीहरूमध्ये पवन सरदार र नितेश सरदारको अवस्था सामान्य छ भने सानीदेवी र रितेश सरदारको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ । कुटपिटमा संलग्न व्यक्तिहरूको पहिचान र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ६ कार्तिक २०८२ ९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast