जलेको घरको बार्दलीबाट ओलीले भने- गृहमन्त्रीले व्यक्तिगत दुस्मनी राखे

हिमाल प्रेस ५ कार्तिक २०८२ १३:४५
24
SHARES
जलेको घरको बार्दलीबाट ओलीले भने- गृहमन्त्रीले व्यक्तिगत दुस्मनी राखे

काठमाडौँ- काठमाडौँ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटस्थित आफ्नो जलेको घरको बार्दलीबाट बुधबार गृहमन्त्री ओमप्रकाश आर्यालले आफूप्रति व्यक्तिगत द्वेष देखाएको आरोप लगाएका छन्।

ओलीले एउटा सञ्चारमाध्यमसँगको अन्तर्वार्ताले पनि गृहमन्त्रीको मनोभाव प्रस्ट देखाएको बताए। ‘यो तोडफोड र लुटपाटको पक्षमा उहाँको मनोभाव देखिन्छ। जसलाई क्षति पुगेको छ तिनीप्रति उहाँको मनोभाव देखिन्छ,’ ओलीले गृहमन्त्रीप्रति ‘ममाथि व्यक्तिगत दुस्मनी देखिन्छ’ भनी आरोप लगाउँदै थप भने, ‘मैले उहाँहरूको सिमाना मिचेको छैन, घर कहाँ छ भन्ने मलाई थाहा छैन।’

त्यससँगै ओलीले आफूलाई सरकारले अझ केही गर्न सक्ने आशंका गरे। ‘मलाई गम्भीर आशंका छ कि सरकारले थप केही योजना बनाइराखेको छ,’ उनले भने, ‘सरकारले जनेजी भनिनेहरूलाई बोलाएर ‘हामीलाई थप दबाव दिनुहोस्, अनि हामीले फालानालाई कारबाही गर्छौं, गिरफ्तार गर्छौं’ भनेर सिकाएर पठाउने योजना हुनसक्छ।’

प्रकाशित: ५ कार्तिक २०८२ १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast