शिक्षक अन्तर्वार्ताका लागि अब यस्तो विवरण फाराम भर्नुपर्ने

हिमाल प्रेस ५ कार्तिक २०८२ ९:५७ | Wednesday, October 22, 2025
शिक्षक अन्तर्वार्ताका लागि अब यस्तो विवरण फाराम भर्नुपर्ने

काठमाडौँ- शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षाबाट उत्तीर्ण भई अन्तर्वार्तामा सहभागी हुने उम्मेदवारलाई आवश्यक व्यक्तिगत विवरण फाराम भर्न आग्रह गरेको छ। आयोगले अन्तर्वार्ताको तयारीस्वरूप उम्मेदवारबाट तीन तहका विस्तृत विवरण संकलन गर्ने जनाएको हो।

आयोगका अनुसार उम्मेदवारले फाराममा आफ्नो स्थायी ठेगाना, शैक्षिक योग्यता र सेवा अनुभवसम्बन्धी विवरण उल्लेख गर्नुपर्नेछ। विशेषगरी सम्बन्धित तहका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता तथा सोभन्दा माथिल्लो तहको शैक्षिक योग्यता प्राप्त भएमा त्यसको स्पष्ट विवरण फाराममा समावेश गर्नु पर्नेछ।

यससँगै, अस्थायी, अनुदान वा राहत कोटामा कार्यरत उम्मेदवारका हकमा अतिरिक्त विवरण पनि माग गरिएको छ। यस्तो किसिमको सेवा अनुभव भएको उम्मेदवारले कार्यरत संस्था, अवधि र कार्यक्षेत्र खुलाएर उल्लेख गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ।

शिक्षक सेवा आयोगले अन्तर्वार्ताको पारदर्शिता र व्यवस्थित प्रक्रिया सुनिश्चित गर्न विवरण संकलनलाई अनिवार्य बनाएको जनाइएको छ। उम्मेदवारलाई तोकिएको समयभित्र विवरण फाराम बुझाउन आयोगले अनुरोध गरेको छ।

प्रकाशित: ५ कार्तिक २०८२ ९:५७ | Wednesday, October 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast