ट्रम्प–पुटिन बैठकमा सहभागी हुन जेलेन्स्की तयार

हिमाल प्रेस ४ कार्तिक २०८२ ११:०४
30
SHARES
ट्रम्प–पुटिन बैठकमा सहभागी हुन जेलेन्स्की तयार

काठमाडौँ- युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने वार्तामा सहभागी हुन तयार रहेको बताएका छन्।

ट्रम्प र पुटिनबीच हंगेरीमा हुने बैठकमा आफूलाई बोलाइए सहभागी हुन तयार रहेको जेलेन्स्कीले बताएका हुन्।

ट्रम्प र पुटिनबीच गत साता बिहीबार टेलिफोनमा कुराकानी भएको थियो। त्यसपछि युक्रेन युद्धको विषयमा चाँडै हंगेरीको राजधानी बुडापेस्टमा भेट्ने दुवै जनाले घोषणा गरेका थिए।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पत्रकारहरूसँग भने,‘यदि मलाई बैठकमा बोलाइयो र हामी तीन जना भेट्न सक्यौँ वा जस्तो भनिएको छ, तेस्रो पक्षको मद्तले हामी दुवैबीच कुरा भयो भने, कुनै न कुनै रूपमा हामी सहमत हुनेछौँ।’

सेप्टेम्बर २०२३ मा ह्वाइट हाउसमा भएको भेटवार्तामा ट्रम्प र जेलेन्स्कीबीच विवाद भएको थियो। अमेरिकी पक्षले रुसले अघि सारेका सर्तहरू स्वीकार गरेर यद्ध अन्त्य गर्न जेलेन्स्कीलाई भनेपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि दुवै जनाको सम्बन्ध चिसिएको थियो। तर, पछिल्लो समय भने दुवै जनाको सम्बन्धमा सुधार आएको बताइएको छ।

जेलेन्स्कीले न्यायपूर्ण शान्तिपूर्ण हुनुपर्ने बताउँदै आएका छन्। यसअघि उनले ट्रम्प–पुटिनको भेटका लागि हंगेरी चयन गरिएपछि आलोचना गरेका थिए। हंगेरीका प्रधानमन्त्री विक्टर अर्बन रुसको सहयोगी रहेको जेलेन्स्कीको भनाइ छ।

प्रकाशित: ४ कार्तिक २०८२ ११:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast