अपांगता भएका शिक्षकलाई सरुवा गरेर सजिलो ठाउँमा पठाउँछु : शिक्षामन्त्री पुन

हिमाल प्रेस ३ कार्तिक २०८२ १५:१६
14
SHARES
अपांगता भएका शिक्षकलाई सरुवा गरेर सजिलो ठाउँमा पठाउँछु : शिक्षामन्त्री पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले अपांगता भएका सामुदायिक विद्यालयका शिक्षकलाई सरुवा गरेर सजिलो ठाउँमा पठाउने बताएका छन्।

सोमबार केशरमहलस्थित शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा.पुनले शिक्षक सरुवा निर्देशिकाबारे धेरै गुनासो आएको बताउँदै अपांगता भएका शिक्षकलाई सजिलो बनाइदिने बताए।

‘शिक्षकको सरुवाको विषयमा धेरै गुनासो आएको थियो। शिक्षक सरुवा निर्देशिका रहेको छ। त्योअनुसार वरिष्ठ शिक्षकले मात्रै सरुवा पाउने कनिष्ठले नपाउने भन्ने थियो। त्यसलाई तलमाथि गर्नुपर्नेछ,’ उनले भने, ‘अपांगता भएका शिक्षकलाई अलि सजिलो ठाउँमा पठाउन सकिन्छ कि, बिरामीहरूलाई के गर्न सकिन्छ स्थिति हेरेर सरुवा कार्यविधिमा परिमार्जन गर्ने छलफल भएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast