अहिलेकै अवस्थामा स्थायी गठबन्धन असम्भव : प्रदीप ज्ञवाली

हिमाल प्रेस ३० पुष २०७९ १८:२४ | Saturday, January 14, 2023
अहिलेकै अवस्थामा स्थायी गठबन्धन असम्भव : प्रदीप ज्ञवाली प्रदीप ज्ञवाली/फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताएका छन्। शनिबार संघीय संसद् भवनमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’पुस्तक सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

मुलुकको राजनीतिक स्थायित्वका लागि पनि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढनुपर्ने पूर्वमन्त्रीसमेत रहेका ज्ञवालीको भनाइ छ। मुलुकमा राजनीतिक स्थायित्वको नाममा राजनीतिक प्रणालीमा भने पुनर्विचार गरेर जाने अवस्था तत्कालका लागि नभएकोतर्फ पनि उनले दलहरूलाई सचेत गराए।

मुलुकको राजनीतिक स्थायित्वका लागि उनले प्राज्ञिक बहसको मागसमेत गरे। निर्वाचन अघिको गठबन्धन पनि नटिक्ने र पछिको गठबन्धन पनि टिकाउ नहुँदा मुलुक मारमा पर्ने उनले उल्लेख गरे। राजनीतिक स्थायित्वको लागि राजनीतिक विचारधारामा आधारित, उद्देश्यमा आधारित गठबन्धन बनाएर मुलुकको राजनीतिकलाई अघि बढाउनुको विकल्प नरहेको उनको भनाइ छ।

‘धूलो आफ्नो निधारमा लागेको छ। गाडीको ऐना पुछेको पुछ्यै गरेर समाधान खोज्ने कुरा पनि सायद व्यवहारिक होइन होला। त्यस हिसाबले गर्दा यदि दलहरूको बीचमा टिकाउ खालको गठबन्धनको माग गर्छ अहिलेको हाम्रो राजनीतिक प्रणालीले। राजनीतिक स्थायित्वको निम्ति पनि त्यो आवश्यक छ,’ उनले भने।

निर्वाचनमा मतदाताले एउटा गठबन्धनलाई भोट हालेको तर काठमाडौँ आइपुग्दा नै त्यो भत्केर अर्को गठबन्धन गर्दा राजनीतिक स्थायित्व नभएको उनले तर्क छ। उनले स्थायी प्रकारको गठबन्धन अहिलेकै अवस्थामा सम्भव नभएको पनि दोहोर्‍याए।

प्रकाशित: ३० पुष २०७९ १८:२४ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast