‘कल्ली’ मा सुलक्षण, नाजिर, वर्षा र सौगातकाे यस्ताे लुक्स

हिमाल प्रेस २ कार्तिक २०८२ १३:०४ | Sunday, October 19, 2025
‘कल्ली’ मा सुलक्षण, नाजिर, वर्षा र सौगातकाे यस्ताे लुक्स

काठमाडौँ- फिल्म ‘कल्ली’ को तीन पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार फिल्मको तीन पोस्टर सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा कलाकार सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत र सौगात मल्लको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरेका हुन्। जसमा नाजिर हुसेन र वर्षा राउतको काखमा बाल कलाकार मञ्जिला बानियाँ छिन्। अर्को पोस्टरमा कलाकार सुलक्षण भारतीको भिन्न गेटअप छ। तेस्रो पोस्टरमा नायक सौगात मल्ल छन्।

फिल्म आगामी फागुनको १ देखि प्रदर्शन गर्ने टिमको तयारी छ। किरण नेपालीको प्रस्तुति रहेको फिल्म लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। फिल्मको कथा महेश दवाडीको पटकथा लेखन रहेको फिल्मको कथा निर्देशक सुनारले नै लेखेका हुन्।

फिल्ममा अन्य कलाकार उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, संजोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री, श्याम मगर र बाल कलाकारमा उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडाको रुपमा छन्।

प्रकाशित: २ कार्तिक २०८२ १३:०४ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast