
काठमाडौँ– मकवानपुरको मनहरी गाउँपालिका-६ हाङ्गलम बस्ने ४७ वर्षीय गोपीराम प्रजा भरुवा बन्दुक २ थानसहित पक्राउ परेका छन् ।
उनको साथबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम र जनावरको जस्तो देखिने हड्डीको टुक्रा ९ थान समेत बरामद भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिकै करेसा बारीमा रहेको कर्कलो घारीमा लुकाई छिपाई राखेको उक्त बन्दुक तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
प्रकाशित: १ कार्तिक २०८२ १८:२०
प्रतिक्रिया