जेनजी अगुवा मिराज भन्छन् – प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभई चुनावमा जाँदैनौँ

हिमाल प्रेस १ कार्तिक २०८२ १५:५७ | Saturday, October 18, 2025
जेनजी अगुवा मिराज भन्छन् – प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभई चुनावमा जाँदैनौँ

काठमाडौँ– जेनजी अगुवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। काठमाडौँमा शनिबार पत्रकार सम्मेलन गर्दै ढुंगानाले जेनजी अभियन्तालाई एकजुट बनाएर संगठित रूपमा अगाडि बढ्नका लागि नयाँ दल खोल्न लागेको जानकारी दिए।

नयाँ राजनीतिक दल खोल्नुको उद्देश्य निर्वाचनमा भाग लिनका लागि मात्रै नभएको भन्दै उनले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने स्पष्ट पारे। प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा आफूहरूको प्रमुख बटमलाइन भएको उनको भनाइ छ। यसैगरी उनले ८० लाख नेपाली विदेशमा रहेकाले उनीहरुलाई मतदानको अधिकार हुनुपर्नेमा जोड दिए।

देशको मुख्य आम्दानी स्रोत रेमिट्यान्स भएको अवस्थामा विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार नदिई निर्वाचनमा जानु अन्याय हुने उनको भनाइ छ। त्यस्तै भ्रष्टाचार अनुसन्धानका लागि नागरिकस्तरीय संयन्त्र गठन हुनुपर्ने माग उनले गरे।

प्रकाशित: १ कार्तिक २०८२ १५:५७ | Saturday, October 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast