
काठमाडौँ- चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित नारायणघाट मुग्लिङ सडकखण्डमा कार्तिक १ गते बिहान सवारी दुर्घटनामा परेकाहरुको उद्धार गरी अस्पतालतर्फ पठाइएको छ ।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको यात्रुवाहक बस एक आपसमा ठोक्किदा यात्रुवाहक बस पछाडी रहेको टेलर, ईभी माइक्रो, यात्रुवाहक बस र बलेरो जिप समेत ठाक्किदा २१ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ।
दुर्घटनामा परेकाहरुको सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक बिक्रम बोगटीको कमाण्डमा खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उद्वार गरेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उद्धार गरिएकहरुमध्ये १३ जनालाई नेशनल सिटी अस्पताल, ४ जनालाई नयाँ मेडिकल कलेज भरतपुर र ४ जनालाई जनता केयर अस्पतालतर्फ पठाईएको हो ।
प्रकाशित: १ कार्तिक २०८२ ९:३०
प्रतिक्रिया