विश्वासको मतलाई चुनौतीको रुपमा लिएको छु : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस ३० पुष २०७९ १६:२२ | Saturday, January 14, 2023
विश्वासको मतलाई चुनौतीको रुपमा लिएको छु : प्रधानमन्त्री प्रचण्ड फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा आफूले पाएको विश्वासको मतलाई चुनौतीको रुपमा लिएको बताएका छन्। ‘भुवन दाइ’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले नेतृत्वको गरेको सरकार राष्ट्रिय सहमतिको सरकार बन्नेतर्फ गएको पनि बताए।

‘सिंगै सदन नै सहमत भएर असाधारण उचाइका साथ समर्थन प्राप्त छ। करिब करिब प्रधानमन्त्रीमा राष्ट्रिय सहमति भएको हुनाले थप चुनौतीको विषय हो भन्ने ठानेको छु’ उनले भने। आफूले अध्यापन गराएको गोरखाको विद्यालयको सम्पूर्ण स्मरण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले पहिल्यखैदेखि सबैलाई मिलाएर अघि बढ्ने स्वभावको रहेको बताए।

‘म कसैसँग रुखो थिइँन। र अहिले पनि छैन। म सबैसँग मिलनसार नै हो। मैले सकारात्मक कुरा गरेर मात्र प्रभावित पार्ने गर्थे,’ उनले भने, ‘जनताको मन जित्नेतिर नै मेरो जोड हुन्थ्यो। अहिलेपनि मेरो त्यही नै हुन्छ त्यतिबेला पनि त्यही थियो।’

०४६ वर्षपछि गोरखा जिल्लाबाटै निर्वाचित भएर देशको ४४ औं प्रधानमन्त्रीको रुपमा उभिएको बताउँदै प्रचण्डले गोरखासहित सिंगो देशको विकासमा आफ्नो ध्यान जाने बताए।

‘त्यहाँको विकास, कृषि क्रान्तिसँग होस वा अन्य सबै विषयसँग मेरो स्वभावैले ध्यान छ। गोरखा र आरुघाट मेरो स्मृतिमा सधैं भइरहन्थ्यो,’ प्रचण्डले भने, ‘आरुघाटको भीमोदय माध्यमिक विद्यालयमा फर्किएकोजस्तो अनुभव भयो। गोरखामा मेरो जिम्मेवारी बढेको छ र सहयोग रहन्छ।’ प्रचण्ड गोरखाको आरुघाटमा पढाउन बस्दा भुवन उनका घरबेटी थिए।

प्रकाशित: ३० पुष २०७९ १६:२२ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast