
काठमाडौँ- चितवन-नारायणगढ-मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ। एउटा ट्रकले बसलाई ठक्कर दिएपछि अन्य गाडी पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए ।
दुर्घटना हुँदा बसमा चेपिएका चालकसहित ६ जनाको उद्धार गरी उपचारका लागि चितवन पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित: १ कार्तिक २०८२ ८:१८
प्रतिक्रिया