मधेश प्रदेश : सभामुखका लागि दुई जनाको उम्मेदवारी

हिमाल प्रेस ३० पुष २०७९ १५:४५ | Saturday, January 14, 2023
मधेश प्रदेश : सभामुखका लागि दुई जनाको उम्मेदवारी

जनकपुरधाम- मधेश प्रदेशको सभामुखका लागि दुई प्रदेशसभा सदस्यले उम्मेदवारी दर्ता गराएका छन्। सभामुखका लागि एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका हुन्।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका एमालेका उम्मेदवार मण्डल धनुषा १(ख) बाट निर्वाचित भएका हुन् भने कांग्रेसका उम्मेदवार राय सर्लाही २(ख) बाट निर्वाचित हुन्।

मण्डलको प्रस्तावकमा माओवादी केन्द्रका संसदीय दलको नेता भरत साह, जनमतको संसदीय दलको नेता महेश यादव लोसपाकी रानीशर्मा तिवारीलगायत छन्।

त्यस्तै कांग्रेसका उम्मेदवार रायको प्रस्तावकमा कुमरकान्त झा र जिवछी देवी यादव छन्। सभामुख पदका लागि माघ २ गते निर्वाचन हुनेछ।

प्रकाशित: ३० पुष २०७९ १५:४५ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast