काठमाडौँ- जेनजी अगुवा मिराज ढुंगानाले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। ‘गरिखान देऊ’का संयोजक समेत रहेको उनले आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट् गर्दै दल खोल्न लागेको जानकारी गराएका हुन्।
भिडियोमा उनले जेनजी आन्दोलनपछि नयाँ अवसर आएको भन्दै त्यसका लागि दल खोल्नैपर्ने अवस्था आएको बताएका छन्। साथै यसका लागि वार्ता समिति समेत गठन गरिएको उनको भनाइ छ।
नयाँ दल खोले पनि अहिलेकै अवस्थामा चुनावमा भने नजाने उनी बताउँछन्। ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मतदान गर्न पाउने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरको संयन्त्र बनाउनुपर्ने बताए।
साथै उनले कात्तिक १ गते पत्रकार सम्मेलन गरी थप जानकारी दिइने बताएका छन्।
प्रकाशित: ३१ असोज २०८२ १६:१२ | Friday, October 17, 2025
प्रतिक्रिया



