हमासलाई ट्रम्पले किन दिए चेतावनी?

हिमाल प्रेस ३१ असोज २०८२ १२:२२ | Friday, October 17, 2025
हमासलाई ट्रम्पले किन दिए चेतावनी? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प/ तस्बिर : एपी

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालिस्टिनी संगठन हमासलाई कडा चेतावनी दिएका छन्। शान्ति सम्झौता भंग नगर्न भन्दै ट्रम्पले हमासलाई चेतावनी दिएका हुन्।

उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका छन्,‘यदि हमासले सम्झौता उल्लंघन गरी गाजामा नागरिकहरूको हत्या जारी राख्यो भने, हामीसँग उनीहरूलाई समाप्त गर्नेबाहेक कुनै विकल्प हुने छैन।’

ट्रम्पको यो भनाइ गाजामा पछिल्ला दिनहरूमा बढ्दै गएको हिंसाको सन्दर्भमा आएको हो। युद्धविरामपछि पनि हमासले आफ्ना राजनीतिक विरोधीहरूलाई निशाना बनाएको बताइएको छ।

यसअघि ट्रम्पले गाजामा अमेरिकी सेनाको परिचालनको सम्भावना अस्वीकार गरेका थिए। तर, उनको पछिल्लो चेतावनीलाई गाजाको अस्थिर सुरक्षा परिस्थिति र मानवअधिकार उल्लंघनसँग जोडिएको बताइन्छ।

युद्धविरामपछि गाजाका नागरिक आफ्ना घर फर्कने र आवश्यक वस्तु संकलन गर्ने प्रयासमा जुटेका छन्। मानवीय सहायता सामग्रीका ट्रकहरू गाजामा प्रवेश गर्न थालेका छन्। तर, सहायता निकायहरूले यो संख्या पर्याप्त नभएको भन्दै बढाउन माग गरेका छन्।

प्रकाशित: ३१ असोज २०८२ १२:२२ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast