एकैदिन तोलामा ७ हजार १ सयले बढ्यो सुन मूल्य

हिमाल प्रेस ३१ असोज २०८२ ११:३४ | Friday, October 17, 2025
एकैदिन तोलामा ७ हजार १ सयले बढ्यो सुन मूल्य

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार १ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको लागि सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन यो मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँ थियो।

गत एक महिनामै सुनको मूल्यमा ठूलो उछाल आएको छ। भदौ ३० गते प्रतितोला २ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य अहिले सम्म ४३ हजार रुपैयाँले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढ्दै गएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परिरहेको महासंघले जनाएको छ। शुक्रबारको दर हालसम्मकै उच्च दर हो। विश्व बजारमा सुनको मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ। एक औंस करिब २.४३ तोलाको बराबर हुन्छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढ्दो क्रममा छ। शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले वृद्धि भई ३ हजार ३५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: ३१ असोज २०८२ ११:३४ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast