प्रहरीबिना आगामी निर्वाचन असम्भव : गृहमन्त्री अर्याल

हिमाल प्रेस ३१ असोज २०८२ १०:४२ | Friday, October 17, 2025
प्रहरीबिना आगामी निर्वाचन असम्भव : गृहमन्त्री अर्याल

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीबिना आगामी निर्वाचन असम्भव रहेको बताएका छन्।  शुक्रबार ७०औँ प्रहरी दिवसको अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले निर्वाचनको वातावरण बनाउनेक्रममा प्रहरीलाई पनि स्रोतसाधन र मनोबलका हिसावले संमृद्ध र शक्तिशाली बनाउनुपर्ने बताएका हुन्।

गृहमन्त्री अर्यालले समाजको हरेक घटनामा प्रहरीले अग्रभागमा रहर सुरक्षा दिँदै आएको बताए। त्यहीकारण जेनजी आन्दोलनमा प्रहरीमाथि आक्रमण भएको र ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आएको उनले बताए। उनले भने, ‘प्रहरी अग्रपंक्तिमा भएका कारण प्रहरीलाई धेरै क्षति पुगेको छ। नेपाल प्रहरी र उनीहरूको स्रोतसाधन नभए निर्वाचन समेत असम्भव छ।’

उनले यस विषयमा गम्भीरताका साथ सरकारले सोचेको र प्रहरीलाई स्रोतसधानका लागि आफूहरूले काम गर्ने बताए।

प्रकाशित: ३१ असोज २०८२ १०:४२ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast