महेश बस्नेतलाई शिक्षामन्त्री पुनको चेतावनी- खाल्डोमा जाने काम नगर, अझै धेरै वर्ष बाँच्ने उमेर छ

हिमाल प्रेस ३१ असोज २०८२ ५:५४ | Friday, October 17, 2025
महेश बस्नेतलाई शिक्षामन्त्री पुनको चेतावनी- खाल्डोमा जाने काम नगर, अझै धेरै वर्ष बाँच्ने उमेर छ

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले नेकपा एमालेका नेता महेश बस्नेतलाई खाल्डोमा जाने काम नगर्न चेतावनी दिएका छन्। नेता बस्नेतले हालै गरेको टिप्पणीमा आपत्ति जनाउँदै डा.पुनले यस्ताे चेतावनी दिएका हुन्।

बिहीबार सामाजिक सञ्जालबाट डा.पुनले धेरै वर्ष बाँच्ने उमेर भएकाले अहिल्यै खाल्डोमा जाने काम नगर्न र सत्यतथ्य बुझेर मात्रै टिकाटिप्पणी गर्न बस्नेतलाई चेतावनी दिए।

पुनले भने, ‘महेश भाई, मलाई क्वाटर चाहिँदैन,मलाई गार्ड चाहिँदैन भन्ने मै हूँ। म केशर शमशेरको दरबारमा बसेको छु जहाँ मन्त्रालय छ। धेरै चुरीफुरी र घमण्ड नगर। मेरो घर र मेरो गार्ड कहाँ छ देखाऊ। तथ्य नबुझीकन धेरै हावा कुरा नगर। म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभए जस्तो नगर है त। तीन चार पटक त भेटेर कुरा पनि भएको थियो त यार। तिम्रो फोन नम्बर मसँगै छ त अहिलेसम्म। खाल्डोमा जाने काम पटक्कै नगर। तिमी अझै पनि धेरै वर्ष बाँच्ने उमेर छ।’

जेनजी आन्दोलनसँगै केपी ओली नेतृत्वको सत्ता ढलेपछि नेता बस्नेत आक्रोशित छन्। उनले जेनजीसहित विभिन्न मानिसलाई तुष्छ टिप्पणी गरेका छन्।

प्रकाशित: ३१ असोज २०८२ ५:५४ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast