एमाले बैठकको दोस्रो दिन : १३४ सदस्यहरूले धारणा राखे, अधिकांश संसद् पुनर्स्थापनाको पक्षमा

हिमाल प्रेस ३० असोज २०८२ १८:४१ | Thursday, October 16, 2025
एमाले बैठकको दोस्रो दिन : १३४ सदस्यहरूले धारणा राखे, अधिकांश संसद् पुनर्स्थापनाको पक्षमा ललितपुरमा बुधबार सुरु भएको एमालेको दसौँ केन्द्रीय कमिटी बैठकमा नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओली । तस्बिर : रासस

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो दिन १३४ जना सदस्यहरूले धारणा राखेका छन्।

बिहीबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति विषयक विशेष प्रस्तावमाथि १३४ जना सदस्यहरुले धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकमा सदस्यहरूले संविधान र जनअधिकारको रक्षाको लागि प्रतिनिधिसभाको पुनर्स्थापना गरेर जार्नुपर्नेमा जोड दिएको गौतमले बताए। संविधान पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याएर व्यापक जनपरिचालनका माध्यमबाट निर्णयमा पुर्‍याउनुपर्ने तर्क आएको उनको भनाइ छ।

गौतमले संविधानलाई ट्रयाकमा ल्याउने एकमात्र सहज बाटो संसद् पुनर्स्थापना मात्रै हुन्छ भन्ने निष्कर्षमा केन्द्रीय कमिटी बैठक अघि बढेको उल्लेख गरे।

निर्वाचन आयोगसँगको छलफलमा निर्वाचनको वातावरण बनाउनको लागि ७ बुँदे धारणा बुझाएको उल्लेख गर्दै उनले निर्वाचनको वातावरण बन्न नसकेकोमा पार्टी स्पष्ट रहेको बताए।

सरकारलाई निर्वाचनको वातावरण बनाउन एमालेले अपिल समेत गरेको उनको भनाइ छ। जेनजी आन्दोलनमा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा एमालेको स्पष्ट मान्यता रहेको गौतमले उल्लेख गरे।

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार बिहान बस्ने र बाँकी सदस्यहरूले धारणा राखेपछि सम्भव भएसम्म शुक्रबार नै बैठक सम्पन्न गर्ने एमालेले जनाएको छ।

प्रकाशित: ३० असोज २०८२ १८:४१ | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast