एमाले केन्द्रीय कमिटी बैठक जारी

हिमाल प्रेस ३० असोज २०८२ १४:५१
12
SHARES
एमाले केन्द्रीय कमिटी बैठक जारी फाइल तस्बिर

काठमाडौँ– नेकपा(एमाले) केन्द्रीय कमिटीको दशौं बैठक दोस्रो दिन पनि जारी छ।

ललितपुरको एक पार्टी प्यालेसमा जारी बैठकमा बिहीबार पनि अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति विषयक विशेष प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन्।

यसअघि बैठकको पहिलो दिन बुधबार अध्यक्ष ओलीको प्रतिवेदनमाथि ५० जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए।

प्रत्येक सदस्यलाई बोल्नका लागि तीन मिनेटको समय निर्धारण गरिएको छ भने लिखित सुझाव राख्न सक्ने व्यवस्था गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

सबै सदस्यहरुले धारणा राख्ने व्यवस्था गरिएकाले बैठक केहीदिन लम्बिन सक्ने एमालेले जनाएको छ। सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि पदाधिकारीले धारणा राख्ने र त्यसपछि अध्यक्ष ओलीले जवाफ दिने तय भएको छ।

बुधबारको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने सहितको विशेष प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रकाशित: ३० असोज २०८२ १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast