एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत

हिमाल प्रेस २४ असोज २०८३ १५:४० | Saturday, October 10, 2026
26
SHARES
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटीमा १३ सदस्य मनोनीत भएका छन्।

शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।

बैठकबाट श्रृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद साह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोक्का, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी मनोनीत भएका छन्।

बैठकका बाँकी एजेन्डाहरू उपयुक्त समयमा अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएर टुंग्याउने निर्णय भएको सचिव महेश बस्नेतले जानकारी दिए।

पार्टीका केन्द्रीय कमिटीमा रिक्त रहेका स्थान, पोलिटब्युरो सदस्यहरूको मनोनयन तथा स्थायी कमिटीमा रिक्त भएका स्थानहरूमा मनोनयन गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको थियो।

रिक्त पदमा मनोनयन गर्न विभिन्न नाममा छलफल भए पनि शुक्रबार सहमति जुट्न नसकेपछि शनिबार पनि बैठक बोलाइएको थियो।

प्रकाशित: २४ असोज २०८३ १५:४० | Saturday, October 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast