
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलरसहित केही मुद्रा भने महँगिएका नेपाल राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा थियो।
त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा छ। हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ६७ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९५ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ५० पैसा र बिक्रीदर ९१ रुपैयाँ ८९ पैसा थियो।
त्यसैगरि आज कुवेती दिनार १ को खरिदर चार सय ५८ रुपैयाँ १६ पैसा र बिक्रीदर ४६० रुपैयाँ १२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिदर चार सय ६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७५ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६९ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।