कस्तो छ आजको मौसम?

हिमाल प्रेस ३० असोज २०८२ ६:४८
4
SHARES
कस्तो छ आजको मौसम? नुवाकोटको शिवपुरी गाउँपालिका–६ अर्खौलेबाट देखिएको नुवाकोटको विभिन्न स्थानका भूभागमा ढाकेर रहेको कुहिरो । तस्बिर : रासस

काठमाडौँ- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित: ३० असोज २०८२ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast