राप्रपाको केन्द्रीय सम्पादन समितिको बैठक बस्दै

हिमाल प्रेस २९ असोज २०८२ ७:०६
8
SHARES
राप्रपाको केन्द्रीय सम्पादन समितिको बैठक बस्दै

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दै छ। बैठक बुधबार बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकमा हालसम्म सम्पन्न भएका स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति मूल्यांकन, सांगठनिक सुदृढीकरणका उपाय, समसामयिक राजनीतिक परिस्थिति र पार्टी जीवनसँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल हुने छ।

प्रवक्ता श्रेष्ठले भने, ‘बैठकमा हालको राजनीतिक परिवेशमा पार्टीको स्पष्ट धारणा तय गर्ने, अधिवेशनहरूको मूल्यांकन गर्ने र संगठन सुदृढीकरणका लागि ठोस योजना तय गर्ने एजेन्डा रहेको छ।’

प्रकाशित: २९ असोज २०८२ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast