लुम्बिनीमा इकोमसको वार्षिक महासभासँगै अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन

हिमाल प्रेस २८ असोज २०८२ २०:२४ | Tuesday, October 14, 2025
लुम्बिनीमा इकोमसको वार्षिक महासभासँगै अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन

बुटवल- सम्पदा संरक्षण समाज (इकोमस) को महासभाको समापन तथा ६० औं बर्षगाठ बुद्धजन्मस्थल लुम्बिनीमा मनाइएको छ।

गत असोज २५ अर्थात अक्टोबर ११ तारिखदेखि लुम्बिनीमा सुरु भएको महासभाको समापन तथा ६० औं वर्षगाठ मंगलबार मनाइएको हो।

युनेस्कोको सल्लाहकार निकायको रूपमा रहेको इकोमसको महासभा, ६० औं वर्षगाठ विश्वसम्पदा स्थल तथा बुद्धजन्मस्थल लुम्बिनीमा भव्यताका साथ मनाइएको इकोमस नेपालका अध्यक्ष ज्ञानिन राईले बताए। महासभा र ६० औं वर्षगाठ लुम्बिनीमा मनाउन पाउनु निकै गर्वको विषय भएको अध्यक्ष राईले बताए।

सन् १९६५ मा स्थापना भएको इकोमस ११७ देशमा राष्ट्रिय समिति, ३१ वटा वैज्ञानिक समिति र १३७ देशबाट १२ हजार ७१५ जना विज्ञ सदस्य रहेका छन्। उनका अनुसार महासभामा मानवताको हितका लागि सम्पदा संरक्षण, आध्यात्मिकता, पर्यटन प्रवर्द्धन र दिगो विकासका सवालमा महत्त्वपूर्ण छलफल भएको छ। वार्षिक महासभासँगै अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन समेत सञ्चालन हुनेछ।

इकोमस नेपालले संयोजन गरेको महासभा तथा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा बुधबारदेखि घनीभूत छलफल हुनेछ। मुख्य गरी प्रकोप, द्वन्द्व र शान्तिका विषयलाई केन्द्र बिन्दुमा राखेर छलफल हुने इकोमस नेपालका कोषाध्यक्ष सृष्टिना श्रेष्ठले बताइन्।

विश्वभरका सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञहरू, अनुसन्धानकर्ताहरू तथा नीति निर्माताहरू, सरकारी अधिकारीहरु, अन्तर्राष्ट्रिय पाहुनाहरू, नेपाली विज्ञहरूसहित ६७ राष्ट्रका तीन सय बढी विदेशी विज्ञहरू सहभागी छन्।

प्रस्तुतीकरणसहित विशेषज्ञ प्यानल, स्थलगत भ्रमण सहित विभिन्न विषयमा नीतिगत छलफलका सेसनहरू हुनेछन्। सम्मेलन अक्टोबर १९ तारिख अर्थात् कात्तिक २ गते समापन गरिनेछ।

प्रकाशित: २८ असोज २०८२ २०:२४ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast