निर्वाचनका लागि शान्तिसुरक्षा पहिलो सर्त : देउवा

हिमाल प्रेस २८ असोज २०८२ १६:४३ | Tuesday, October 14, 2025
निर्वाचनका लागि शान्तिसुरक्षा पहिलो सर्त : देउवा नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवा। तस्बिर : गोपाल दाहाल/रासस

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित हुने वातावरण बन्न नसकेको बताएका छन्। देउवाले मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले निर्वाचनको पूर्वसर्तका रुपमा रहेको शान्तिसुरक्षाको ग्यारेन्टी नभएको बताए। उनले भने, ‘सुरक्षा निकाय मनोबल गिरेर निरिह भएका छन्। तसर्थ निर्वाचनका लागि शान्तिसुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फुर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चिता गराउने जिम्मा सरकारको हो।’

देउवाले देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन नै रहेको बताए। उनले भने, ‘बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरुसँग सरकारले सार्थक संवादको वातावरण बनाएको छैन।’ यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक रहेको देउवाको भनाइ छ।

प्रकाशित: २८ असोज २०८२ १६:४३ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast