डोटीमा जिप दुर्घटनामा महिलाको मृत्यु, अन्य यात्रु सकुशल

हिमाल प्रेस २८ असोज २०८२ ८:५२ | Tuesday, October 14, 2025
डोटीमा जिप दुर्घटनामा महिलाको मृत्यु, अन्य यात्रु सकुशल

काठमाडौँ- डोटीमा आज बिहान जिप दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ। दुर्घटनामा बडीकेदार गाउँपालिका–३ देवलकी ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कैलालीको सुख्खडबाट बडीकेदार गाउँपालिका–३ तर्फ गइरहेको सुपप्र ०१००१ च ४६५१ नम्बरको बोलेरो जिप मंगलबार बिहान सापट भाँचिएर पल्टिएको हो। दुर्घटनामा सलामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपमा चालकसहित ९ जना सवार थिए। अन्य यात्रु भने सुकुशल छन्।

प्रकाशित: २८ असोज २०८२ ८:५२ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast