सन्दीपको अन्तर्राष्ट्रिय क्रिकेटमा २५० विकेटको सफलता

हिमाल प्रेस २८ असोज २०८२ ७:११
16
SHARES
सन्दीपको अन्तर्राष्ट्रिय क्रिकेटमा २५० विकेटको सफलता

काठमाडौँ- नेपालका सन्दीप लामिछानेले अन्तराष्ट्रिय क्रिकेटमा‌ २५० बिकेटको सफलता प्राप्त गरेका छन्।

आइसिसी पुरुष टी२० एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा कतार विरूद्धको दोस्रो विकेट लिएसँगै आफ्नो २५० औं विकेट पूरा गरेका छन्। उनले ओपनर लियानागेलाई बोल्ड आउट गरेसँगै यो सफलता प्राप्त गरेका हुन्। ।

टी२० आईमा भने उनको यो १२३ औं विकेट हो।ओडिआईमा उनले १ सय २७ विकेट लिएका छन्। टी२० आईमा उनले उत्कृष्ट बलिङ पपुवान्युगिनी विरूद्ध ९ रन दिएर ५ विकेट लिनु हो। कतारविरुद्ध ५ विकेट लिएका सन्दीपको टी २० आईमा १५४ विकेट पुगेको छ।

कतारविरुद्धको खेलमा सन्दीपले सानदार बलिङ गर्दै नाटकीय जित निकाले। म्यान अफ दि म्याच सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन दिएर कतारको ५ विकेट झारेका थिए। त्यसैगरी नन्दन यादवले ४ ओभर बलिङमा २९ रन दिएर २ विकेट चट्काए भने दीपेन्द्रको नाममा १ विकेट रह्यो।

तीन बलरले विकेट झार्दा सोमपाल कामी, रोहित पौडेल, गुल्सन झा र आदिल अन्सारी शून्य हात भए। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभर खेल्दै ९ विकेट क्षतिमा १४७ रन जोडेको थियो।

१४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो।

ब्याटिङतर्फ ओपनरद्वय कुशल भुर्तेल ६ र आसिफ शेख ११ रनमै आउट भए। नेपालका लागि कप्तान रोहित पौडेलले ४१ बलमा ५८ रनको पारी खेले। त्यसैगरी दीपेन्द्र सिंह ऐरीले २२ बलमा २६ रन र गुल्सन झाले ८ बलमा १६ रनको योगदान गरे।

यीबाहेक कुशल मल्ल ८, आदिल अन्सारी २, सन्दीप जोरा १, सोमपाल कामी १४ र नटआउट नन्दन यादवले १ रन जोडे। कतारले ३ वाइड र १ लेगबाई रन नेपाललाई दिएको थियो।

कतारका डानियल आर्कर मारिया लुइसले ३ ओभर बलिङ गर्दै २२ रन दिएर नेपालको ३ विकेट तथा मिर्जा मोहम्मद बाइगले ४ ओभर बलिङमा २९ रन दिएर समान ३ विकेट झारे भने मुहम्मद असिम लियाकत अलिले ३ ओभर स्पेलमा १६ रन दिएर १ विकेट झारे पनि जितका लागि पर्याप्त रहेन।

१४८ रनको लक्ष्य पछ्याएको कतारका लागि इमाल लियानेज र जुबेइर अलिले अर्धशतकीय योगदान गरे। इमालले ५६ र जुबेइरले ५२ रन जोडे। मुहम्मदको नाममा १० रनको योगदान रह्यो।

कतारका कप्तान मिर्जा मुहम्मद बाइगले २, मुहम्मद तनवीर ०, शाजाइब जमिल अहमद २, शरिक मुनिर ०, डानियल आर्कर ३, मुहम्मद जमन ८ तथा अमिर फारुक र नटआउट अवासिस अहमदले समान १ रन लिए। नेपालले कतारलाई ६ वाइड र १ लेगबाई रन उपहार दिएको थियो।

प्रकाशित: २८ असोज २०८२ ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast