अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच अमेरिकामा भेटवार्ता

हिमाल प्रेस २८ असोज २०८२ ६:५० | Tuesday, October 14, 2025
अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच अमेरिकामा भेटवार्ता

काठमाडौँ- अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार अमेरिकामा भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा विश्वबैंकको सहयोगमा सञ्चालित कार्यक्रमका विषयमा छलफलका साथै आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीको विषयमा कुराकानी भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ।

भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमणदलका सदस्य, विश्व बैंकको विभिन्न परियोजनाका कर्मचारीकोसमेत सहभागिता थिए।

विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार वासिङ्टन डिसी पुगेका हुन्। रासस

 

प्रकाशित: २८ असोज २०८२ ६:५० | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast