विश्वकप छनोट: नेपालले पहिले ब्याटिङ गर्दै

हिमाल प्रेस २७ असोज २०८२ २०:५४ | Monday, October 13, 2025
विश्वकप छनोट: नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौँ- ओमानमा जारी आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप ‘एसिया एन्ड इस्ट एसिया प्यासिफिक’ छनोटको सुपर सिक्सअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भइरहेको खेलमा कतारका कप्तान मिर्जा मोहम्मद बैगले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएका हुन्।

नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो। समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो। त्यसपछि सुपर सिक्सको पहिलो खेलमा नेपालले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई)लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो।

आज (सोमबार) कतारलाई पराजित गरे नेपालले अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा स्थान बनाउनेछ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, गुल्सनकुमार झा, सोमपाल कामी, नन्दन यादव, मोहम्मद आदिल अलाम र सन्दीप लामिछाने छन्।

प्रकाशित: २७ असोज २०८२ २०:५४ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast