
काठमाडौँ- आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका आनुसार सुनको मूल्यले प्रतितोला २ हजार ४ सय रूपैयाँले बढेर २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य हालसम्मकै उच्च हो। आइतबार सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार ३ हजार १२५ रुपैयाँ रहेको थियो।
प्रकाशित: २७ असोज २०८२ ११:५५
प्रतिक्रिया