
काठमाडौँ- वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गका तीन ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। एक ठाउँमा सडक एकतर्फी छ भने एउटा सडकमा साना सवारी मात्र गुडिरहेका प्रहरीले जनाएको छ।
कोशी राजमार्गमा पर्ने संखुवासभाको भोटखोला गाउँपालिका ४ बरुणखोला, संखुवासभाकै मकालु गाउँपालिका ३ एकुवा र रसुवाको गोसाइँकुण्डस्थित पासाङ ल्यामु सडकक खण्ड आज पूर्णरूपमा अवरुद्ध पासाङ ल्यामु सडकका तीन ठाउँमा सडक अवरुद्ध छ।
इलामको इलाम नगरपालिका ९ राजदूवालीस्थित मेची राजमार्गमा अहिले साना सवारी साधन मात्रै गुडिरहेका प्रहरीले जनाएको छ। काभ्रेको रोसी गाउँपालिका ११ को माम्तीखोला, डालाबसेँसी र बुल्ढुंगा लगायतका ठाउँमा सडक एकतर्फी छ।
प्रकाशित: २७ असोज २०८२ १०:४७
प्रतिक्रिया