एस्टन भिल्लाको पुनर्उत्थान जारी

हिमाल प्रेस ३० पुष २०७९ ८:१७ | Saturday, January 14, 2023
एस्टन भिल्लाको पुनर्उत्थान जारी

काठमाडौँ- उनाई एम्री प्रशिक्षक बनेपछि एकाएक बलियो बनेको एस्टन भिल्लाले शुक्रबार राति लिड्स युनाइटेडलाई २–१ ले परािजत गरेको छ। इंग्लिस प्रिमियर लिगमा एम्रीको नेतृत्वमा भिल्लाले चौथो जित हासिल गरेको हो। एम्रीको प्रशिक्षणमा ६ खेल खेलेको भिल्लाले जम्मा एकमा मात्र हार व्यहोरेको छ।

भिल्ला पार्कमा घरेलु टिमलाई विजयी बनाउन लियोन बेली र इमिलियानो ब्युन्डियाले एक–एक गोल गरे। लिड्सका तर्फबाट प्याट्रिक बाम्फोर्डले एक गोल फर्काए।

जितले भिल्लालाई ११ औँ स्थानमा पु¥याएको छ। १९ खेलबाट २५ अंक बटुलेको भिल्लाले १० औँ स्थानको चेल्सीसँग अंक बराबरी गरेको हो। तर चेल्सीले एक खेल कम खेलेको छ। १८ खेलबाट १७ अंक बटुलेको लिड्स १४ औँ स्थानमा छ।

‘गोल गर्दा राहत महसुस हुन्छ। झन् खेल जित्न पाएकोमा त प्रशन्न हुने भइहालियो। प्रिमियर लिगमा आएपछि मैले सोचे जति गोल गर्न सकेको छैन। तर आज पाएको मौकालाई खेर जान दिइनँ,’ गोलकर्ता बेलीले भने।

पहिलो हाफ नियन्त्रणमा राखे पनि लिड्सले गोल गर्न सकेन। उसका लागि भिल्लाका गोलरक्षक इमिलियानो मार्टिनेज बाधक बनिरहे।

‘भिल्लाभन्दा राम्रो खेल हाम्रो थियो। तर जित्न सकिएन। अंक तालिकामा हामी जहाँ छौँ, त्यसले हामीलाई पक्कै पनि निराश बनाएको छ। तर आजको जस्तै प्रदर्शन गर्न सक्यौँ भने आउँदा खेलमा अधिकतम अंक बटुल्न सकिन्छ,’ लिड्सका प्रशिक्षक जेसी मार्च आशावादी देखिए।

सात खेलमा जितविहीन लिड्स क्रमशः रेलिगेसन क्षेत्रको नजिक पुगिरहेको छ। उसको र १८ औँ स्थानको एभरटनबीच मात्र दुई अंकका दूरी छ। शनिबार राति साउथह्याम्पटनमाथि जित हासिल गरे एभरटन रेलिगेसन क्षेत्रबाट माथि उक्लिने छ।

प्रकाशित: ३० पुष २०७९ ८:१७ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast