भारतबाट भित्र्याउँदै गरेको पटका बरामद

हिमाल प्रेस २७ असोज २०८२ ८:४७ | Monday, October 13, 2025
भारतबाट भित्र्याउँदै गरेको पटका बरामद सांकेतिक तस्बिर

झापा- झापा प्रहरीले चार लाख रुपैयाँ मूल्य बराबरको अवैध पटका बरामद गरेको छ। तिहार र छठ पर्वलाई लक्षित गरी व्यवसायीले अवैधरूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भद्रपुर नगरपालिका-५ राईबस्ति नजिकबाट विभिन्न किसिमका अवैध पटका र झिलिमिली बल्बहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले चारवटा पलास्टिकका बोरामा ल्याउँदै गरेको पटका बरामद गरेको हो।

प्रहरीलाई देखेपछि व्यापारी भने सामान छाडेर भागेका बताइएको छ। बरामद पटकासहितका वस्तु वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ।

प्रकाशित: २७ असोज २०८२ ८:४७ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast