सर्वोच्च अदालतमा असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ

हिमाल प्रेस २६ असोज २०८२ २०:५८ | Sunday, October 12, 2025
सर्वोच्च अदालतमा असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ

काठमाडौँ– सर्वोच्च अदालतले असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ गर्ने भएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) ले असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुने निर्णय गरेको हो।

‘यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुनेछ,’ सर्वोच्च अदालतबाट जारी सूचनामा भनिएको छ, ‘साथै सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने बेहोरासमेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

यसअघि गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटबाट क्षति हुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियो। त्यसयता सर्वोच्चले त्रिपालमा इजलास बसेर सेवा दिइरहेको छ।

प्रकाशित: २६ असोज २०८२ २०:५८ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast