धनुषाका ६ पालिकाका कर्मचारी र शिक्षकले तलब पाएनन

हिमाल प्रेस २६ असोज २०८२ २०:४१ | Sunday, October 12, 2025
धनुषाका ६ पालिकाका कर्मचारी र शिक्षकले तलब पाएनन

जनकपुरधाम– धनुषा जिल्लाका १८ पालिकामध्ये ६ पालिकाका कर्मचारी तथा शिक्षकले तलबलगायतका सुविधा पाएका छैनन्। यी पालिकामा नगरसभा नभएकाले कर्मचारीले चाडपर्वको समयमा पनि तलब भत्ता पाउनबाट वञ्चित भएका हुन्।

जिल्लाको मिथिला, क्षीरेश्वरनाथ, कमला र हंसपुर नगरपालिका तथा औरही गाउँपालिकाको सभा बस्न सकेको छैन। पालिकामा जनप्रतिनिधिहरूका बीचमा योजनाको विषयमा विवाद रहेका कारणले सभा हुन नसकेको जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जानकारी दिए।

अन्य पालिकामा समेत विवाद रहेकामा समन्वय समितिको पहिलपछि सभा भएको र छ पालिकामा भने विभिन्न चरणमा छलफल भए पनि नियमित वार्षिक अधिवेशन हुन नसकेको उनले बताए।

‘यहाँका अधिकांश पालिकामा कुनै एक दलको बहुमत छैन। त्यसैले हरेक वर्ष योजना बाँडफाँड तथा सञ्चालनका लागि आर्थिक स्रोतको बाँडफाँडमा विवाद हुने गरेको छ। स्थानीय शासन ऐनअनुसार पालिकाको परिषद्ले बजेट पास नगरेसम्म तलब भत्तासहितको कुनै पनि शीर्षकमा रकम खर्च गर्न नपाउने कानुनी प्रावधान रहेको छ। त्यसैले कर्मचारीले सेवा सुविधा पाउन सकेका छैनन्,’ समन्वय समिति प्रमुख मण्डलले भने।

प्रकाशित: २६ असोज २०८२ २०:४१ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast