
काठमाडौँ- उज्यालो र खुसियालीको पर्व तिहार नजिकिँदै गर्दा ‘भेटायो’ ले घर सजाउने नयाँ र सजिलो सेवा सार्वजनिक गरेको छ। यो सेवा प्रयोग गरी झन्टविना घरलाई झिलिमिली बत्तीले उज्यालो पार्न सकिनेछ।
भेटायोले ल्याएको ‘झिलिमिली लाइट्स प्याकेज’ ६ हजार १ सय रुपैयाँबाट सुरू हुन्छ, जसअन्तर्गत ग्राहकले आफ्नो घरको आकार र आवश्यकताअनुसार २०, ४०, ६० वा ८० लाइट्स रोज्न सक्छन्।
यो प्याकेजमा इन्सटलेसन, टेप, वायर, जडान शुल्क र डिसइान्टिलिङ सबै समावेश गरिएको कम्पनीले जनाएको छ। यसका साथै ग्राहकले कुनै पनि झन्झट बेहोर्नु नपर्ने र सम्पूर्ण व्यवस्थापन भेटायोले गर्ने कम्पनीले उल्लेख गरेको छ।
ग्राहकहरूसँग आफ्नै झिलिमिल बत्ती भएको अवस्थामा भेटायोले दक्ष इलेक्ट्रिसियनमार्फत प्रति स्ट्रिप ११० रुपैयाँमा सुरक्षित र छरितो रुपमा जडान सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
त्यसबाहेक तिहारअघि घरको तयारीलाई सहज बनाउन भेटायोले विशेष तिहार अफर पनि सार्वजनिक गरेको छ। यसअन्तर्गत क्लिनिङ, लन्ड्री, प्लम्बिङलगायतका घरेलु सेवामा विशेष छुट प्रदान गरिएको छ।
ग्राहकहरूले यी सबै सेवा भेटायो एपबाट सजिलै बुक गर्न सक्नेछन्।