तालिबानसँगको भिडन्तमा आफ्ना २३ सैनिक मारिएको पाकिस्तानको भनाइ

हिमाल प्रेस २६ असोज २०८२ १८:५९ | Sunday, October 12, 2025
तालिबानसँगको भिडन्तमा आफ्ना २३ सैनिक मारिएको पाकिस्तानको भनाइ

काठमाडौँ- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको भिडन्तमा आफ्ना २३ सैनिकको मृत्यु भएको जनाएको छ। अफगानिस्तान सीमानजिक तालिबानको अड्डाहरूमा कडा कारबाही गरेको पाकिस्तान सेनाले जनाएको हो।

सीमावर्ती क्षेत्रमा पाकिस्तानको आक्रमणपछि अफगानिस्तानले पनि कारबाही गर्दै ५८ जना पाकिस्तानी सैनिक मारिएको दाबी गरेपछि यो भिडन्त सुरू भएको हो।

पाकिस्तानी सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यो आक्रमण विनाकुनै उक्साहट गरिएको थियो र यसको उद्देश्य सीमा क्षेत्रलाई अस्थिर बनाउने प्रयास थियो।’

जवाफी कारबाहीमा हवाई आक्रमण, तोप फायर र स्थलीय छापा समावेश रहेको पाकिस्तानी सेनाले जनाएको छ। कारबाहीका क्रममा दुई सयभन्दा बढी संदिग्ध मारिएको, थुप्रै ठेगानाहरू नष्ट गरिएको र केही अफगान चौकीहरू नियन्त्रणमा लिएको सेनाको भनाइ छ।

तालिवानसँगको भिडन्तमा आफ्ना २३ सैनिक मारिएका र २९ जना घाइते भएका जनाएको छ।

अफगान भूमिबाट सक्रिय रहेका आतंकवादी समूहहरूलाई तुरून्तै रोक्न पाकिस्तान सरकारले तालिबानलाई आग्रह गरेको छ। यस्ता आक्रमणहरू जारी रहे पाकिस्तान आफ्नो आत्मरक्षाको अधिकारअन्तर्गत जवाफी कारबाही गर्ने पाकिस्तानले चेतावनी दिएको छ।

यी दाबीहरूको स्वतन्त्र पुष्टि हालसम्म हुन सकेको छैन र अफगान पक्षबाट आधिकारिक प्रतिक्रिया आएको छैन।

यसैबीच अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानको आक्रमणको जवाफमा गरिएको कारबाहीमा ५८ जना पाकिस्तानी सैनिक मारिएको दाबी गरेका छन्।

प्रकाशित: २६ असोज २०८२ १८:५९ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast