बनेपामा ‘सिनेपाः’ स्टुडियोका लागि सरकारले ३ करोड अनुदान दिने

हिमाल प्रेस २६ असोज २०८२ १३:२३
12
SHARES
बनेपामा ‘सिनेपाः’ स्टुडियोका लागि सरकारले ३ करोड अनुदान दिने

काठमाडौँ- काभ्रेस्थित बनेपामा निर्माण भइरहेको अत्याधुनिक फिल्म छायांकन स्टुडियो ‘सिनेपाः’का लागि सरकारले ३ करोड रुपैयाँ अनुदान बजेट दिने भएको छ। यसै विषयमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्यांकन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच औपचारिक सम्झौता भएको हो।

याे स्टुडियो निर्माणले नेपाली फिल्म क्षेत्रलाई प्राविधिक र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने बाेर्डकाे योजना छ। यसमा छायांकनसँगै ध्वनि रेकर्डिङ, सम्पादन, भिजुअल इफेक्ट्स, कलर ग्रेडिङ लगायतका सुविधाहरू रहने जनाइएको छ।

स्टुडियाे बनेपा नगरपालिकास्थित वडा नं. १० र १३ को ४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast