सुनको भाउ फेरि बढ्यो, आज कति?

हिमाल प्रेस २६ असोज २०८२ ११:१२
24
SHARES
सुनको भाउ फेरि बढ्यो, आज कति?

काठमाडौँ- सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ३ हजार रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ। यसअघि बिहीबार सुनको भाउले २ लाख ३९ हजार रुपैयाँको रेकर्ड बनाएको छ।

शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ। चाँदीको भाउ प्रतितोला ३ हजार १२५ रुपैयाँ कायम भएको छ। शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो।

प्रकाशित: २६ असोज २०८२ ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast