लिङ्देनविरुद्ध रणनीति बनाउन धवल पक्षको बैठक बस्दै

हिमाल प्रेस २६ असोज २०८२ ११:४२ | Sunday, October 12, 2025
लिङ्देनविरुद्ध रणनीति बनाउन धवल पक्षको बैठक बस्दै

काठमाडौँ- राप्रपाको आन्तरिक किचलो फेरि सतहमा देखिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध रणनीति बनाउन आज इतरपक्षको बैठक बस्दैछ।

इतरपक्षका एक नेताका अनुसार काठमाडौँको धुम्बाराहीस्थित नवदुर्गा पाटी प्यालेसमा बैठक बस्न लागेको हो। बैठकमा काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ। बैठकमा महामन्त्री धवलशमशेर राणासहितका नेता उपस्थिति रहने जनाइएको छ।

राप्रपामा अध्यक्ष लिङ्देनविरुद्ध यो समूह लागि परेको हो। हालसम्म वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र समूह कतै खुलेको छैन। इतरपक्षले तत्काल महाधिवेशन तोक्न माग गर्दै आएको छ। अध्यक्ष लिङ्देन भने महाधिवेशनको मिति सार्न खोजिरहेका छन्।

बैठकका मुख्य एजेन्डाहरू केन्द्रीय समितिको बैठक आह्वान गर्न दबाब दिने तयारी छ। गत वर्षको माघदेखि बैठक बसेको छैन। नियमित महाधिवेशनको मिति घोषणाको लागि संस्थापनलाई दबाब दिने तयारी छ। अवैधानिक ढंगबाट नेताहरूलाई गरिएको कारबाही फिर्ता गर्न अनुरोध गर्ने एजेन्डा छ। यस्तै, जेन्जी आन्दोलन पछि पार्टी मुखदर्शक प्रती गम्भीर आपत्तिबारेमा छलफल छ।

प्रकाशित: २६ असोज २०८२ ११:४२ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast