वैकल्पिक राजनीतिक शक्तिदेखि जेनजी पुस्तासम्मको बृहत्तर एकता गरौँ : विवेकशील साझा

हिमाल प्रेस २६ असोज २०८२ ९:२९
32
SHARES
वैकल्पिक राजनीतिक शक्तिदेखि जेनजी पुस्तासम्मको बृहत्तर एकता गरौँ : विवेकशील साझा

काठमाडौँ- विवेकशील साझा पार्टीले वैकल्पिक राजनीतिक शक्तिदेखि जेनजी पुस्तासम्मको बृहत्तर एकताका लागि आह्वान गरेको छ ।

प्रवक्ता आशुतोष प्रधानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार विरुद्ध सशक्त अभियान,सुसंस्कृत राजनीतिको निरन्तर अभ्यास र हरेक क्षेत्रमा युवाहरूको प्रभावकारी प्रतिनिधित्वलाई आत्मसात्,अभ्यास गर्दै नेपालमा वैकल्पिक राजनीतिको जग खनेर राजनीतिको भाष्य नै परिवर्तन गर्न सफल विवेकशील साझा पार्टीले अहिलेको विषम राजनीतिक परिस्थितबाट मुलुकलाई निकास दिन वैकल्पिक राजनीतिक शक्ति,जेनजी पुस्ता र परिवर्तनकारी सबै शक्ति,अभियान,समूह र अभियन्ताहरुको बृहत्तर एकता र मोर्चाबन्दीलाई विशेष जोडका साथ अघि बढाउन सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दछ।’

जेनजी पुस्ता विद्रोह र सहादतको जगमा हुन लागिरहेको आम निर्वाचनलाई दृष्टिगत गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध समतामूलक संवृद्ध नेपाल निर्माणका लागि वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं समूह तथा सार्वजनिक परिचय बनाएका व्यक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता र बृहत्तर एकीकरण सम्मका लागि सबै ढोकाहरू खुला गरिएको पार्टीले जनाएको छ।

प्रकाशित: २६ असोज २०८२ ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast