अमेरिकामा गोलीबारी, चार जनाको मृत्यु

हिमाल प्रेस २५ असोज २०८२ २१:०५ | Saturday, October 11, 2025
अमेरिकामा गोलीबारी, चार जनाको मृत्यु

काठमाडौँ- अमेरिकाको मिसिसिपी राज्यमा भएको गोलीबारीमा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

मिसिसिपीको राजधानी ज्याक्सनबाट करिब १२० किलोमिटर उत्तर–पूर्वस्थित लेल्यान्डको मुख्य सडकमा मध्यराततिर तोलीबारी भएको हो।

घाइतेमध्ये चार जनालाई हेलिकप्टरबाट अस्पताल लगिएको ज्याक्सनका मेयर जोन लीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। गोली कसले र किन चलाएको भन्नेबारे प्रष्ट भइसकेको छैन।

स्थानीय एक उच्च विद्यालयमा फुटबल आयोजना भएकाले अघिल्लो शुक्रबारको तुलनामा यो शुक्रबार लेल्यान्ड सहर निकै व्यस्त थियो।

प्रकाशित: २५ असोज २०८२ २१:०५ | Saturday, October 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast