अस्पतालले भन्यो – राष्ट्रपतिको अवस्था सामान्य

हिमाल प्रेस २५ असोज २०८२ १५:५८
16
SHARES
अस्पतालले भन्यो – राष्ट्रपतिको अवस्था सामान्य राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्तपालले जनाएको छ। महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति निकालेर यो जानकारी दिएको हो।

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमा भनिएको छ। शनिबार बिहान जेनजीहरूसँग छलफल गर्दागर्दै अस्वस्थ्य भएपछि पौडेललाई अस्पताल भर्ना गरिएको थियो।

राष्ट्रपतिसँग छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरूका साथै २२ जना जेनजी प्रतिनिधिहरू शीतल निवास पुगेका थिए।

छलफलकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि पौडेललाई मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।

शीतल निवासभित्र छलफल चलिरहँदा आफूहरूलाई वार्तामा सहभागी नगराइएको भन्दै कतिपय युवाले शीतल निवासबाहिर विरोध जनाएका थिए। जेनजीबीच नै विवाद भएको भन्दै राष्ट्रपति पौडेलले छलफल स्थगित गरेको बताइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast