केन्द्रले माग्यो बाढीपहिरोबाट क्षति पुगेका विद्यालयको विवरण

हिमाल प्रेस २३ असोज २०८२ १५:०६ | Thursday, October 9, 2025
10
SHARES
केन्द्रले माग्यो बाढीपहिरोबाट क्षति पुगेका विद्यालयको विवरण

काठमाडौँ- यही असोज १८-२० गतेको बाढीपहिरोका कारण देशभरका विभिन्न विद्यालयमा भौतिक संरचनाको क्षति पुगेको भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरले ७७ वटै जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइहरूलाई क्षतिको विवरण संकलन गरी केन्द्रमा पठाउन पत्राचार गरेको छ।

केन्द्रबाट आज जारी पत्रमा भनिएको छ, ‘हालैका प्राकृतिक प्रकोपबाट विद्यालय भवन, शैक्षिक सामग्री, पाठ्यपुस्तक, फर्निचर लगायतमा पुगेको क्षतिको विस्तृत विवरण संकलन गरी शीघ्र केन्द्रमा पठाउन अनुरोध छ।’

पत्र अनुसार विवरण संकलनले आगामी पुनःनिर्माण, मर्मत तथा राहत कार्यक्रमका लागि आधार तयार गर्नेछ। केन्द्रले विवरण संकलन गर्दा क्षतिको प्रकार, प्रभावित विद्यार्थी संख्या र अस्थायी शिक्षण व्यवस्थाको अवस्था पनि समेट्न निर्देशन दिएको छ।

प्रकाशित: २३ असोज २०८२ १५:०६ | Thursday, October 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast