
काठमाडौँ– इराकका लागि नेपालका राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
बग्दादस्थित राष्ट्रपति भवनमा बुधबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।
त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ।
इराकी राष्ट्रपतिले राजदूत लम्सालप्रति बधाई दिँदै राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गरेका थिए।
लम्साल कुवेतका लागि नेपालका आवासीय राजदूत हुन्।
प्रकाशित: २३ असोज २०८२ ७:५७
प्रतिक्रिया